३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बाढीपहिरोको सम्भावना छ, सतर्क बनौंः मौसमविद्

देशभर हल्कादेखि मध्यमसम्म तथा केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले सबैमा आग्रह गरेको छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, २  र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

जसका कारण ती क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने , सडक तथा हवाई यातायातसमेत  प्रभावित हुने सम्भावना रहेकाले सबैले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।  

महाशाखाले बुधबार बिहान प्रकाशन गरेको बुलेटिनअनुसार आगामी तीन दिन अर्थात् शुक्रबारसम्म वर्षा जारी रहने उल्लेख छ।  

मौसमविद्का अनुसार देशमा अहिले पूर्वी र मध्य क्षेत्रसम्म मनसुनको प्रभाव छ भने पश्चिमी भेगमा पश्चिमी वायुको प्रभाव छ। देशमा मनसुन सक्रिय भएकाले दिनदिनै वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।  

महाशाखाका अनुसार बिहीबार र शुक्रबार पनि दिउँसो तथा राति प्रदेश १, प्रदेश २, बागमती गण्डकी र प्रदेश नम्बर ५ का धेरै  र कर्णाली र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ। महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।  

प्रकाशित: ३ असार २०७७ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App