९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

थप ३८० जनामा कोरोना, संक्रमितको संख्या ६ हजार पाँच सय ९१

मंगलबार नेपालमा थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयकाे प्रवक्ता जागेश्वर गाैतमका अनुसार कुल सं‌क्रमितको संख्या ६ हजार पाँच ९१ पुगेकाे बताएका छन् । मंगलबार थपिएकामा २८ महिला र तीन सय ५२ पुरुष रहेकाे छन् । हालसम्म एक हजार एक सय ५८  जना डिस्चार्ज भएका छन् जसमा एक सय १२ महिला र एक हजार ४६ पुरुष छन् ।

महोत्तरीमा ८९, दाङका ५६, रौतहटका ५२, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१, सर्लाही १६, कञ्चनपुर ११, गोरखाका १० , अर्घाखाँची र बर्दियाका ९/९ जना संक्रमण पुष्टि भएको छ । 

त्यस्तै दैलेखका पाँच, रुपन्देही, स्याङ्जा र सुर्खेतका चार/चार जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २/२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित: २ असार २०७७ ११:०३ मंगलबार

कोरोना संक्रमण कोरोना संक्रमित