२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तीन दिन यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

फाइल तस्बिर

आजदेखि तीन दिनसम्म वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।  

नियमित मौसमी बुलेटिन प्रकाशन गर्दै महाशाखाले मंगलबारदेखि बिहीबारसम्मै हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको जानकारी दिएको हो।  

मौसमविद्का अनुसार केही दिनयता नेपालमा मनसुन सक्रिय भएको हो। देशको  पूर्वी र मध्य भू(भागमा मनसुनी वायु तथा पश्चिमी भू(भागमा पश्चिमी  वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र  प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।  

यसैगरी आज राति पनि वर्षा जारी रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।  

नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात समेत  प्रभावित हुने सम्भावना रहेकाले सबैले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  

महाशाखाका अनुसार बुधबार पनि प्रदेश १, २, बागमती, गण्डकी र ५ नम्बर प्रदेशका केही  स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा  मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने  प्रदेश १, २  र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैगरी बिहीबार पनि प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का केही  स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा  मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म् वर्षाको सम्भावना छ। साथै  प्रदेश १, २ र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात समेत  प्रभावित हुने सम्भावना रहेकाले सबैले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  

प्रकाशित: २ असार २०७७ १०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App