१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दमकल मर्मतका लागि महिलाद्वारा भिक्षादान

दुई दिनअघि सुनसरी इनरुवा नगरपालिकाको दमकल बिग्रिएकाले गर्दा स्थानीय ठाउँमा भएको आगलागी नियन्त्रण बाहिर गएको जनाउँदै दमकल मर्मत गर्न महिलाहरुले भिक्षादान माग गर्न थालेका छन् । दमकल मर्मत गर्न र नयाँ खरिद गर्न भन्दै महिलाहरुले भिक्षादान सुरु गरेका हुन् ।  

मंगलबार महिलाको समूहले इनरुवा वडा नंं १ को शान्ति चौकबाट प्रति व्यक्ति वा परिवारसँग पाँच रुपैयाँ साकेंतिक सहयोग स्वरुप भिक्षादान माग गरेको महिला अगुवा कानुन अधिकारीले बताइन् । उनका अनुसार दमकल दुरुस्त राख्न वा नयाँ खरीद गर्न दबाबका लागि भिक्षादान गरेर केही रकम नगरपालिकालाई दिइएको छ ।  

नगरभरी संकलन गरेको दुई कार्टुन रकम जस्ताको तस्तै इनरुवा नगरप्रमुख राजन मेहता र कार्यपालिकालाई बुझाएको जानकारी दिइयो ।  

आइतबार बिहान भीषण आगलागी हुँदा इनरुवा वडा नं. १ को हनुमान बस्त्रालयसहित अन्य चारवटा पसल जलेको थियो । बस्त्रालयको छेउको भवनमा रहेको सन्तोषी हार्डवेयरसहित गोदम, कपिल टेलर्स र कालिका रेडिमेड फेन्सी स्टोर पनि जलेको थियो । बस्त्रालयको माथिल्लो तलामा रहेको यशोदा साडी सेन्टर समेत जलेको थियो । 

यस्तै, आगलागीबाट सिर्जना फाइनाइन्स र पशुपति इम्पोरियममा पनि क्षती पुगेको थियो । हनुमान अटलको  हनुमात्र बस्त्रालय बस्त्रालयको पहिलो र दोस्रो तल्लामा रहेका सम्पूर्ण कपडा जलेर नष्ट भएका थिए । आगलागी हुदाँ नजिकमा दमकल नभएकाले बढी क्षती भएको स्थानीय बासीले बताउँदै आएका छन् । आगो नियन्त्रणका लागि सुनसरी र मोरङका आठवटा बारुणयन्त्र आएका थिए ।  

अगुवा तोया गिरीका अनुसार दमकल लामो समयदेखि बिग्रिदा र मर्मत सम्भार नगरेको कारण यस क्षेत्रमा थुप्रै आगलागीबाट बढी नै क्षती हुने गरेको छ। 

प्रकाशित: २ असार २०७७ ०९:३८ मंगलबार

दमकल मर्मत महिला भिक्षादान