९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ मा १० जना संक्रमित थपिए

प्रदेश १ मा  थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार झापा र मोरङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरूमा झापामा १ महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।  

सांक्रमित हुनेहरूमा झापा शिवसतासीकी एक महिला, झापाको गौरीगञ्जका ३ पुरुष र बाह्रदशीका १ पुरुष छन् । यस्तै मोरङ सुनवर्षीका ४ पुरुष र पथरी शनिश्चरेका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ४४ पुगेको छ । 

प्रकाशित: ३१ जेष्ठ २०७७ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App