२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

रोल्पामा एकैदिन १७ जना कोरोना संक्रमित थपिए

जिल्लामा संक्रमितको संख्या ३४ पुग्यो

शनिबार रोल्पामा १७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट १ महिला सहित १७ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ सहित जिल्लामा संक्रमितको संख्या ३४ पुगेको छ ।  

प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार रोल्पा नगरपालिका–१ मा पहिलो पटक पाँच जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै सुनिलस्मृति गाउँपालिकामा १२ जना संक्रमित थपिएको रानाले बताए । यसअघि सुनिलस्मृति गाउँपालिकामा १७ जना संक्रमित फेला परेका थिए । यस संगै सुनिलस्मृति गाउँपालिकामा संक्रमितको संख्या २९ पुगेको छ ।

रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिका अनुसार भारतको बम्बैबाट फर्किएका उनीहरू रोल्पा नगरपालिका–१ र ४ को क्वारेन्टिनमा बसिरहेका वर्ष १८ का दुई, २१, २२ र २५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । उनीहरूको स्वास्थ्य अवस्थामा सामान्य रहेको नगरप्रमुख केसीले बताए ।  

सुनिलस्मृति गाउँपालिका–१ का वर्ष ४० का दुई सहित वर्ष १८,  २०, २१ र ४७ का पुरुष संक्रमित छन् । वडा नं. ५ मा २१ वर्षीया एक महिला सहित वर्ष १८, २४, २७ र २९ का पुरुष संक्रमित देखिएका हुन् । वडा नं. ४ का वर्ष ३५ का पुरुष पनि संक्रमित छन् ।

जिल्ला स्तरिय कोरोना संकट ब्यबस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार रोल्पा नगरपालिकाका संक्रमितलाई सनिबार नै ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा स्तानान्तरण गरिने छ भने सुनिलस्मृती गाउँपालिकाका संक्रमितलाई आईतबार सदरमुकाम ल्याईने छ ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App