९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

त्रिशूल प्रहार गरि हत्या

दाङमा एक युवकले त्रिशूल प्रहार गरि एकजनाको हत्या गरेका छन् । जिल्लाको बबई गाउँपालिका ३ धनबाँस गुन्द्री बजारका नारायण डाँगीलाई स्थानीय युवा बालीराम ओलीले त्रिशूल प्रहार गरि हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबवहादुर सिंहले जानकारी दिए । त्रिशूल प्रहारबाट गम्भिर घाईते डाँगीलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सिंहले जानकारी दिए ।  

स्थानीयहरूका अनुसार ओलीले गाउँमा रहेको मन्दिरको त्रिशूल उप्काएर डांगीलाई प्रहार गरेका थिए । ‘मन्दिरको त्रिशूल उप्काएर सुरुमा पेटमा प्रहार गरेछ,’ स्थानीय प्रेम बिकले भने ‘पेटमा त्रिशुल प्रहार गर्दा घाईते भएका डांगीको घाँटीमा फेरी हानेछ ।’ प्रहरीका अनुसार हत्याको कारण भने खुल्न सकेको छैन ।  

‘हत्याको कारण भने खुल्न सकेको छैन,’ डिएसपी सिंहले भने ‘हामीहरू अनुसन्धानमै छौं ।’ उनका अनुसार त्रिशूल प्रहार गरेका ओलीले आफूलाई समेत प्रहार गरेको र उनि पनि घाईते भएका छन् । उनलाई उपचारका लागि तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ । त्रिशूल प्रहार गर्ने ओली क्वारेन्टिनमा भान्से काम गर्दै आएका थिए ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App