२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

भारतबाट आएका युवकको नाकामै मृत्यु

धनुषाको जटही नाकामा एक युवकको मृत्यु भएको छ। बुधबार बिहान ६ बजे धनुषाका सहिदनगर नगरपालिका(९ घर भएका ३० वर्षीय  विरेन्द्र कुमार यादवको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले पुष्टि गरे।

बिरामी उनलाई भाइले बोकेरै ल्याएको खुल्न आएको छ प्रजिअ निरौलाले भने,'बिहान ३ बजे जटही बोर्डरना आइपुगेका उनको ६ बजे मृत्यु भएको हो। सीमामा थर्मल गनले ज्वरो जाचेर सबैको रेकर्ड राकेपछी मात्र नेपाल भित्रिन दिन्छ। सबै प्रक्रियामा १०/११ बजिहाल्छ। बुधबार उनसिहित करिब दुई सय जना नेपाली जटही बोर्डरमा आएका छन्।'

बिरामी  ती युवकले बिहान बान्ता गरेपछि उपचारका लागि जनकपुर ल्याउने तयारी गर्दागर्दै उनको मृत्यु भएको बताएको छ। युवकको मृत्यु भएपछि नाकामा जम्मा भएका नेपालीहरू प्रदर्शन गरेका छन्।

भारतको विभिन्न ठाउँबाट आएका दुईसयभन्दा बढी नेपाली नागरिकले नाकामा प्रदर्शन गर्दै आ-आफ्नो घर हिडेका छन्।

मृतकको शव जटहिमै छ। शव जनकपुरस्थित प्रदेशिक अस्पताल ल्याउने तयारी हुँदै छ प्रजिअ निरौलाले भने, 'शवको पिसिआर परीक्षणका लागि स्वाव संकल गरी रिपोर्ट आएपछि सोही अनुसार व्यवस्थापन गर्छौं। पहिला बिरामी छ भने जानकारी पाएको भए एम्बुलेन्समा राखेर सीधै अस्पताल ल्याउने व्यवस्था मिलाउथ्यौ', उनले भने।

प्रकाशित: १४ जेष्ठ २०७७ ०५:५४ बुधबार

नाकामै मृत्यु