१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमित भेटिए

प्रदेश नं. ५ मा ७ जना  संक्रमित थपिएका छन्। पहाडी जिल्लाहरूमा पनी संक्रमितको सख्या थपिएको छ । अर्घाखाँचीमा पहिलो पटक दुइ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । गुल्मीमा दुइ जना थपिएका छन्। कपिलवस्तुमा २ जना र रुपन्देहीमा एक जना संक्रमित थपिएका छन्।

अर्घाखाँचीको पाणिनी स्थित क्वारेन्टिनमा राखीएका दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ । सो क्वारेन्टाइनमा केही समय अघि भारतबाट आएकाहरूलाइ राखीएको र थ्रोट स्वाब परिक्षणकालागि भैरहवा ल्याइएको थियो । 

गुल्मीमा दुइ जना संक्रमित थपिएका छन्।। दुवै जना धुर्कोट गाँउपालिकाका हुन्। उनीहरू क्वारेन्टिनमा बसेका हुन वा हैनन भन्ने सम्बन्ध खलीसकेको छैन । यसअघि आरडिटि पोजेटिभ रिर्पोट आएको पिसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ रिर्पोट आएको बताइएको छ ।  

कलिबस्तको मायादेवि गाँउपालिकाका एक जना र कपिलस्तु अस्पतालका अर्का एक जना बिरामीमा पनि कोरोना पोजेटिभ देएिको छ । रुपन्देहीमा सोमबार थपिएका संक्रमित पनि अस्पतालमा उपचारत बिरामी हुन । संक्रमित पुरुष बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत बिरामी रहेको जनस्वाथ्य प्रयोगशालाले जनाएको छ ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App