१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इद उल फित्रको शुभकामना

फाइल फाेटाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको बताएका छन् । इस्लाम समुदायले मनाउँदै आएको इद उल फित्रको अवसरमा शुभकामना दिँदै सो कुरा बताएका हुन् ।

उनले यहाँ मौलिक पुँजीको रूपमा यस्ता सांस्कृतिक पक्ष सम्मानित आस्थाको रूपमा रहेको समेत बताएका छन् । ‘एकता र सहिष्णुताको यस पुँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्छ । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्व हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् । 

विभिन्न धार्मिक तथा सांस्कृतिक आस्था यस देशमा सम्मानित र संरक्षित छन्,’ उनले सो पर्वको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो भएको पनि सन्देशमा उल्लेख गरेका छन् । 

‘यस विशेषतालाई आत्मसात् गर्दै हामी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा छौं,’ उनले भनेका छन् । 

‘अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ र यस महिनाभर इस्लाम समुदायले बस्ने व्रतलाई रोजा भनिन्छ । रमदान अवधिभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ । प्रधानमन्त्री ओलीले विश्वव्यापी संकटका रूपमा कोभिड–१९ भाइरसको महामारी सामना गरिरहेको विशेष परिस्थितिमा घरमै रहेर संरक्षित तवरले चार्डपर्व मनाउन सम्बन्धित सबैसँग अनुरोध पनि गरेका छन् । 

त्यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पनि इस्लाम धर्मावलम्बीको पवित्र पर्व इद उल फित्रका अवसरमा शुभकामना सन्देश जारी गर्दै शुभकामना दिएका छन् । ‘इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भाव बढाउँदै आएको छ । 

यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएको छु,’ देउवाले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइको महŒवपूर्ण योगदान रहँदै आएको छ ।’

नेपाललगायत विश्वका सबै देश अहिले कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको भन्दै देउवाले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रूपमा नमाज राख्दा भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App