७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नाै‌ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सप्तरी प्रहरीले शनिबार ९ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई सप्तरी प्रहरीले कोसीको पलारबाट पक्राउ गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१४ स्थित सप्तकोसी नदीकोबीच भागमा रहेको पलारबाट भारतीय नागरिक फूलकुमार मेहतालाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

लुकिछिपी नेपाल प्रवेश गरेका भारत बिहारको सुपौल जिल्लाको बथनाहा पञ्चायत( १७ का २८ वर्षीय मेहतालाई नाइलनको झोलामा दुई किलो चिनीले छोपेर ल्याउँदै गरेको ९ लाख रुपैयाँसहित पक्राउ गरिएको डीएसपी भारतीले बताए ।

झोलाबाट नेपाली ५ सय दरका ६ सय १८ वटा र हजार दरका ५ सय ९१ वटा नोट बरामद गरिएको उनले बताए । सप्तरी प्रहरीले सीमा नाका र चोर बाटोमा निगरानी बढाएपछि पछिल्लो समय गैरकानुनी गतिविधि गर्ने धमाधम पक्राउ पर्न थालेका छन् ।

 

 

प्रकाशित: १० जेष्ठ २०७७ १५:२४ शनिबार

पक्राउ भारतीय नागरिक