२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विद्यार्थीको घरमै पाठ्यपुस्तक पुर्‍याउदै स्थानीय तह

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले पालिका भित्रका विद्यार्थीका घर घरमै पाठ्यपुस्तक पुर्‍याउने भएको छ । लकडाउनले विद्यालयहरु बन्द रहेकाले नगरपालकाले विद्याथीहरुका घरमै पाठ्यपुस्तक पुर्‍याउने योजना बनाएको हो ।  

लकडाउनको समयमा घरमै बसेर विद्यार्थीले अध्ययन गरुन् भन्ने उद्देश्यले घरघरमै पाठ्यपुस्तक उपलब्ध गराउने योजना बनाइएको सस्चना अधिकारी नईन्द्रराज राईले बताए । नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले सामाजिक सञ्जाल मार्फत गत शैक्षिक सत्रको नतिजा सार्वजनिक गरिसकेका छन् ।

विद्यालयको नतिजाका आधारमा परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुका लागि माथिल्लो कक्षाका पाठ्यपुस्तक उपलब्ध गराउने तयारी गरिएको सूचना अधिकारी राईको भनाई छ । विशेष सतर्कता अपनाएर विद्यार्थीहरुका घरमै पाठ्यपुस्तक उपलब्ध गराउनका लागि नगरपालिकाको संयन्त्र जुटेको उनको भनाई छ ।  

यसका साथै नगरपालिकाले एसईईको तयारी गरेका विद्यार्थीहरुका लागि जिल्लाको सामुदायिक रेडियो मार्फत तयारी तथा पुर्नताजकी कक्षा सञ्चालन गरिरहेको सुचना अधिकारी राईले बताए । 

प्रकाशित: ८ जेष्ठ २०७७ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App