२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

यात्रा विवरण ढाँट्दै कोरोना संक्रमित, 'कन्ट्याक्ट ट्रेसिङ'मा सकस

लतियाही गाउँ सिल

संक्रमित भेटिएपछि सुनसान लतीयाही गाउँ। तस्विर: मिथिलेश यादव/नागरिक

शनिबार धनुषामा भेटिएका दुई जना कोरोना संक्रमितले पटक पटक आफ्नो यात्रा विवरण ढाटेको पाइएको छ। धनुषाको नगराइन नगरपालिकाको क्वारेन्टिनमा रहेका २० र ३५ वर्षीय युवक भारतको मुम्बईबाट आए पनि सुरुमा उनले क्वारेन्टिन संयोजकलाई ढाटेर उम्किन खोजेका थिए।

धनुषाको नगराइन नगरपालिका–९ घोरघास गाउँका दुबैले बैशाख ३० गत्ते यस क्वारेन्टिनमा आएका थिए। उनीहरु भारतीय सीमाबाट मोटरसाइकल चढेर सम्म पुगेका थिए। सीमामा रोकिएका उनीहरु गाउँबाट मोटरसाइकल मगाएका थिए। मोटरसाइकल चढेर आएका उनीहरुले आफूहरु चितवनबाट आएको भन्दै क्वारेन्टिनमा बस्न मानेका थिएनन् संयोजक सन्तोष ठाकुरले नागरिकसँग भने,‘यात्रा विवरण ढाटे पनि हामी भर्ना गर्यौ। बुझ्दै जाँदा उनी मुम्बईबाट आएको खुल्यो। पछि उनीहरुले पनि स्वाकार गरेर बसे।’ दुबै जनाको पिसिआर परीक्षणका लागि बैशाख ३० गत्ते नै स्वाब संकलन गरिएको थियो।  

कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई आइतबार बिहान ८ः३० बजे एम्बुलेन्समा राखेर प्रदेश २ कोभिड अस्पताल जनकपुर पठाइएको क्वारेन्टिन संयोजक ठाकुरले बताए। उनीहरु मुम्बइमा मजदुरीको काम गर्दैै आएका थिए। कलडाउन भएर काम रोकिएपछि उनीहरु हिँडेरै घर फर्किन आटेका थिए। उनीहरु बाटोमा कतै ट्रक त कतै इन्धन बोक्ने सवारीमा दुई साताभन्दा बढी समयमा सीमासम्म पुगेका थिए।  

शनिबार नै कोराना संक्रमण पुष्टि भएका सिरहाका लतीयाहीका युवकले पनि आफ्नो यात्रा विवरण घरि साउदी अरब त घरी मलेसिया भन्दै छन। उपचारका लागि सिरहाको कोभिड अस्थायी अस्पताल छपराडीको आइसोलेसनमा भर्ना रहेका उनले यात्रा विवरण मलेसिया लेखाएका छन। शनिबार उनले आफू साउदी अरबबाट आएको बताएका थिए। अस्पतालका डा. शुभाषचन्द्र मण्डलका अनुसार उनको यात्रा विवरण यकीन गर्न हवाइ टिक मगाएका छौं।  

अहिले गाउँदेखि सहरसम्म बस्तीमा पाहुना(नौला मानिस) आउने बितिकै हलचल पैदा हुन्छ। नयाँ मानिस कहाँबाट आए ? किन आए ? सोधीखोजी सुरु हुन्छ। अहिले हवाइ सेवा बन्द भएकाले आउने नौला मानिस भारत वा मुलुककै अर्को स्थानका हुन्छन। उनलाई तत्काल क्वारेन्टिनमा राख्न समाजमा दवाव बढ्छ। क्वारेन्टिनमा जानबाट जोगिनका लागि आफ्नो यात्रा विवरण ढाट्ने, लुकाउने क्रम बढ्ेको ठाकुर बताउँछन।  

संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ सकस  

शनिनबार सिरहाको सखुवानन्कारकट्टी– १ लतीयाहीका ३० वर्षीय युवकमा संक्रमण भेटिएसँगै प्रदेश २ को आठवटै जिल्लामा कोरोना संक्रण पुष्टि भएको छ। सिरहाका ३० वर्षीय युवकमा विदेशबाट फर्केको ६६ दिनमा कोरोना संक्रमण पुष्टि भएको हो। यतीका दिनसम्म संक्रमित व्यतिm बिना कुनै लक्षण कसरी रह्न सक्छ भनेर चिकित्काकर्मीहरुलाई घोतल्याएको छ।  

उनी उपचाररत्त सिरहाको अस्थायी कोभिड अस्प्तालका डा. शुभाषचन्द्र मण्डलले भने,‘उनी फागुन २८ गत्ते विदेशबाट फर्केको भनिरहेको छ। विमानमा वा विदेशबाटै संक्रमित भएर आउने सम्भावना कमै देखिन्छ। यतीका दिनसम्म बिना लक्षण संक्रमित व्यतिm स्वास्थ्य रहेको पाइएको छैन। उनी विदेशबाट नभइ नेपालमै संक्रमित भएको हुन सक्छ। डा. मण्डलले भने,‘उनको आन्तरिक यात्रा विवरण अनियन्त्रीत छ। उनी उदयपुर पनि पुगेको देखिन्छ।’ हामी उनको आन्तरिक यात्रा विवरणलाई ट्रयाक गर्दैछौं। यती धेरै ठाउँमा घुमफिर गरेको छ कि सम्पर्क व्यतिmहरु पहिचान गर्नै मुस्किल परेको छ।’ ‘कहाँ कहाँ गए ? को को सँग भेंट गरेबारे उनी आफैंलाई यकीन छैन’, डा. मण्डलले भने।

घर फर्केको ६६ दिनमा उनी असिमित मानिसको सम्पर्कमा आएको गाउँपालिका अध्यक्ष केदार यादवले बताए। गाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङको आधारमा पिसिआर संकलन सुरु गर्दैैछौं अध्यक्ष यादवले भने,‘उनमा कहाँबाट संक्रमण सर्यो यकीन गर्नै मुस्लिक छ।’

गाउँमा संक्रमित भेटिएपछि सबै डराएका छन। यतीका दिनमा केहि नभएपछि उनी यो गाउँका मानिसको मात्र नभई छिमेकी मधुबनी गाउँका पनि धेरै मानिसको सम्पर्कमा आएको वडा अध्यक्ष शुभनारायण यादवले बताए। अहिले उनीहरु सबै डराएका छन। गाउँभरी डरको माहोल छ। अब के हुने हो भनेर गाउँमा रुवाबासी चलेको छ।

प्रकाशित: ४ जेष्ठ २०७७ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App