२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भारतबाट नेपाली भित्रिँदा कर्णालीमा त्रास

भारतीय सिमानामा छाडिएका नेपाली धमाधम भित्रिन थालेपछि कर्णालीमा त्रास बढेको हो। भारतबाट भित्रिएका नागरिकलाई आरडिटी र पिसिआर परीक्षण गराएर मात्र जिल्लामा पठाउन कर्णालीवासीले माग गरेका छन्। चोरबाटो हुँदै भागेर आउनेदेखि सवारीसाधनबाट पास बनाएर आउने सबैको उच्च निगरानी गर्नुपर्ने उनीहरू बताउँछन्।  

जुम्लाकी प्रजिअ दुर्गा बन्जाडेले भारतबाट आउने क्रम सुरु भएसँगै उच्च सतर्कता अपनाइएको बताइन्। ‘ भारतबाट आउनेहरू जसरी आउँछन्, त्यसैगरी निगरानीमा राखिने योजना बनेको छ,’ उनले भनिन्। उनका अनुसार पिसिआर परीक्षण गरेर जिल्ला भित्रिनेलाई निगरानीमा मात्र राखिनेछ। आरडीटी परिक्षण गरेर भित्रिनेलाई केही समय क्वारेन्टाइनमा राखिनेछ। केही परीक्षण नगरी आउनेलाई उच्च निगरानीमा राख्ने तयारी भइरहेको छ।

नाग्ममा रहेको हेल्थ डेस्कलाई प्रभावकारी बनाउँदै भागेर जुम्ला भित्रिनेलाई विशेष खालको निगरानी बढाइनेछ। पहिलो चरणमा भित्रिएकालाई एकै ठाउँको क्वारेन्टाइनमा राखेर निगरानी गरिनेछ। जुम्लामा अहिले एक हजार दुई सय ६३ जनाको पिसिआर भइसकेको छ। भित्रिएकालाई क्वारेन्टाइनमा राख्न सबैले पहल थाल्नुपर्ने स्थानीय प्रशासनले आग्रह गरेको छ।  

बाहिरबाट मान्छे भित्रिने क्रम बढेपछि मुगुवासी पनि निकै चिन्तित छन्। उनीहरू भारतमा कोराना संक्रमण बढेकाले सबैले जिम्मेवार भएर लाग्नुपर्ने बताउँछन्। मुगुका प्रजिअ कृष्णकुमार निरौला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्वास्थ्यकर्मीको टोली जिल्लाका दुई स्थानीय तहमा पुगेर स्वाब परीक्षणको काम गरिरहेको बताउँछन्। उनका अनुसार क्वारेन्टाइनमा बसेका र नबसेका सबैको पिसिआर परीक्षण थालिएको छ।  

प्रत्येक वडाबाट पाँचदेखि १० जनाको स्वाब संकलन भइरहेको छ। प्रजिअ निरौलाले भारतबाट नेपाल भित्रिएकालाई आरडिटी र पिसिआर परीक्षण गरेर मात्र भित्र्याउन आग्रह गरिरहेको बताए। ‘गाउँमा ढुक्कसँग आउनेगरी पठाउन सरोकारवाला सबैसँग आग्रह गरिएको छ। यहाँका स्थानीय तहले पनि क्वारेन्टाइन बनाएका छन्।  

भौगोलिक हिसाबले सबैलाई एकै ठाउँमा राख्न सकिने अवस्था छैन। सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माणको लागि समन्वय भइरहेको छ। पछिल्लो समय मुगुमा मात्र आठदेखि १० हजार मान्छे भित्रिएका छन्। खाडी मुलुक र भारतबाट भित्रिएका र शंकास्पदको मात्र परीक्षण गरिएको छ। मुगुमा दुई सय ९८ क्वारेन्टाइन शड्ढया र ११ आइसोलेसन शड्ढया छन्। हालसम्म तीन सय ३५ जनाको आरडिटी भएको छ। मुगुमा एक नगरपालिकासहित तीन गाउँपालिका छन्। उनले सकेसम्म जिल्लामा उच्च सतर्कता अपनाइनेमा जोड दिए।

कालिकोटका प्रजिअ कृष्णचन्द्र पौडेल भारतबाट भित्रिने सबैलाई राख्नेगरी क्वारेन्टाइन बनाउन स्थानीय तहसँग समन्वय भइसकेको बताउँछन्। सुरक्षाको नजिक पर्नेगरि एक स्थानीय तहमा कम्तीमा दुई ठाउँमा क्वारेन्टाइन बनाउन भनिएको छ। प्रत्येक स्थानीय तहका सम्पर्क व्यक्ति सदरमुकाम मान्ममा बस्नेछन्। आउनेबित्तिकै क्वारेन्टाइनमा लैजानेछन्। कोही भाग्न नपाउने बताइएको छ।

कालिकोटमा आइसोलेन शड्ढया १५ वटा छन्। ‘सकभर प्रदेश सरकारले आरडिटी र पिसिआर जाँच गरेर पठाए हुन्थ्यो,’ उनले भने, ‘यहाँ त सबैको चेकजाँच भइरहेको छ। लकडाउनमा कडाइ भइरहेको छ।’ कालिकोटमा मात्र अहिले ११ सय क्वारेन्टाइन शड्ढया छन्। प्रत्येक स्थानीय तहमा कम्तीमा तीन सय क्वारेन्टाइन शड्ढया बनाउने योजना रहेको बताइएको छ। ‘भारतमा आएकालाई सुरक्षित रूपमा क्वारेन्टाइनमा राखेर चेकजाँच गर्नुपर्‍यो। लुकीछिपी आउने मान्छेको उच्च निगरानी गर्नुपर्‍यो। यसका लागि सुरक्षा निकायलाई स्थानीयले साथ दिनुपर्छ,’ उनले भने। कालिकोटमा चार सय ८८ जनाको द्रुत परीक्षण गर्नुका साथै १९ जनाको पिसिआर परीक्षण भएर रिपोर्ट नेगेटिभ आएको छ।  

प्रकाशित: ३ जेष्ठ २०७७ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App