९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना

तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने भएको छ। नगर कार्यपालिकाको शुक्रबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने निर्णय गरेको हो।

योजना निर्माणका लागि सबै वडाहरुबाट आगामी जेठ २० गतेभित्र सम्बन्धित पक्षसँग छलफल गरी वडागत योजना नगरपालिकामा पेश गर्न निर्देशन दिइएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। वडामा सम्बन्धित पक्षहरुसँग छलफल गरी शिक्षा र कृषिलाई प्राथमिकता दिने खालको योजना बनाउने तयारी थालिएको छ, श्रेष्ठले भने।

आर्थिक वर्ष २०७६/७७ मा सम्झौता हुन बाँकी रहेका योजनाको यसै वर्ष सम्पन्न हुनसक्ने भएमा आगामी जेठ १५ गतेसम्म सम्झौता गरी कार्य अगाडि बढाउने निर्णय भएको छ। कोभिड–१९ का प्रभावले गर्दा चालू आर्थिक वर्षमा योजना सम्पन्न हुन नसके त्यस्ता योजनालाई आगामी वर्षको क्रमागत योजनामा स्थानान्तरण गरिनेछ। रासस

प्रकाशित: ३ जेष्ठ २०७७ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App