२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

उपत्यका बाहिरबाट आएकालाई खोज्न ‘माइकिङ’

भक्तपुरको थिमी र दुवाकोटमा  मंगलवार कोरोना संक्रमित भेटिएपछि स्थानीयले नगरपालिकाका बिभिन्न वडामा  बाहिरबाट आएकालाई खोज्ने अभियान नै चलाएका छन्। प्रहरीले बुधवार नै नगरपालिकाको शंखधर चोक सिल गरेको छ।  

माइकिङमार्फत घरवेटीले उपत्यका वाहिरबाट आएकालाई प्रहरी र वडा कार्यालयमा जानकारी दिनको लागि आग्रह गरेका छन् भने टोलवासीले माइकिङ सुनेपछि वडा कार्यालय र प्रहरीमा खबर समेत गरिरहेका छन्। ‘टोलवासीले खवर गरेपछि आज बालकोट पुगेर तराईबाट आएकालाई सोधपुछ ग¥यौं, प्रधानमन्त्री घर नजिकै पनि बाहिरवाट मान्छे आएका जानकारी पाएका छौं’ अभियानमा सरिक स्थानीय समाजसेवी विवेक श्रेष्ठले नागरिकसित भने।  

अरनिको र विपी राजमार्गबाट नगरपालिकामा तराई तथा अन्य जिल्लामा गएकहरु फर्केर राति– राति आउने गरेको थाहा पाएपछि स्थानीयहरु थप त्रसित बनेका छन्। उनीहरुले टोलमा कोही आएको थाहा पाएपछि वडा कार्यालयलाई खबर नै गर्छन्। ‘ हामीले वडामा खवर ग¥यौं समयमा कोही आएनन्’छिमेकीमा सर्लाहीबाट मान्छे आएको एक साता वितिसक्यो ’ स्थानीयवासी दिल श्रेष्ठले भने।  

समाजसेवी श्रेष्ठका अनुसार बुधवारदेखि सुरु गरेको या अभियानमा नगरपालिकाका २,३ र ४ वडामा माइकिङ तथा खोजपड्ताल कार्य भइसकेको छ। माइकिङबाट जानकारी पाएकाहरुले टोलमा नयाँ मानिस आएको जानकारी पनि दिने गरेका छन्। टोलवासीले दिएको जानकारीको आधारमा ३० जनालाई भेटेर होम क्वारेनटाइनमा निगरानीमा राखेको नगरपालिका वडा नम्वर दुईका वडा सदस्य सुभाष कार्कीले बताए। अस्पतालले सवैको परीक्षण नगरेको थाहा पाएपछि होम क्वारनटाइनमा बस्ने वडाको बैैठकले निर्णय गरेको कार्कीले सुनाए।  

उनीहरुले बुधवारदेखि ठिमी तथा आसपासका वडामा माइकिङ तथा खोजपड्तालमा जुटेका छन्। स्थानीय वडा कार्यालयका प्रतिनिधि,स्थानीय टोलवासी सहितको टोली अभियानमा सरिक छ। कोरोना नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने वडा सदस्य कार्कीले बताए। 

प्रकाशित: १ जेष्ठ २०७७ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App