कपिलवस्तु – ५ का २२ वर्षीय युवकमा कोरोना पोजिटिभ भेटिएको छ। उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर नमूना परिक्षणको क्रममा पोजिटिभ देखिएको हो। उनी संगै नेपालमा कुल संक्रमितको संख्या २ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित: ३१ वैशाख २०७७ ०८:२४ बुधबार