भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका–९ की ३० वर्षीया कलावती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही वडाकै लिपुणखोला भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए । सोमबार बेलुका साढे ७ बजेतिर माइतीघर लिपुणबाट घर फर्किने क्रममा भीरबाट खसेकी हुन् । मृतकको शव परीक्षणका लागि स्वास्थ्य चौंकीमा राखिएको छ ।
प्रकाशित: ३० वैशाख २०७७ ०८:३४ मंगलबार