बैतडी- पर्खाल भत्किदा दार्चुलामा एक जनाको मृत्यु भएको छ । ब्याँस गाउँपालिका–४ का ५२ वर्षीय सुकराम कामीको मृत्यु भएको वडा नं. ६ हुतीका वडाध्यक्ष मनोजसिंह कुँवरले जानकारी दिए ।
हुति गाउँ जयपुरका देवराम टमटाको खेतमा पर्खाल लगाउने क्रममा पर्खाल भत्किदा कामीको मृत्यु भएको उनले बताए । सोमबार दिउँसो ३ बजेतिर पर्खाल लगाउन गएका कामीको पर्खाल भत्किदा टाउकोमा गहिरो चोट लाग्दा घटना स्थलमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाएपछि हुतीबाट प्रहरीको टोली घटना स्थल पुगेर मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए ।
प्रकाशित: ३० वैशाख २०७७ ०३:३५ मंगलबार