२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

२४ घण्टामा देखिएनन् नयाँ संकमित, १३ सय बढीको काेराेना परीक्षण

काठमाडौं - गत २४ घण्टामा १३ सय बढी कोरोना भाइरसको परीक्षण भएकोमा नयाँ संक्रमित देखिएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कुनै पनि नयाँ संक्रमित नदेखिएको बताएको छ। गत २४ घण्टामा १ हजार ३ सय १६ जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। 

अहिलेसम्म नेपालमा संक्रमितको संख्या १ सय १० छ। जसमा ७८ पुरुष र ३२ जना महिला रहेका छन्। प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा ३१ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ। यस्तै गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए। अहिलेसम्म ३१ जना उपचारबाट घर फर्किएका छन् भने, ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आइतबारसम्म पिसिआर १६ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण भएको छ। आरडिटी विधिबाट ५६ हजार ५ सय ५० जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए। प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९०, बागमती प्रदेशमा ९ हजार १ सय ८१ र गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ जनाको आरडिटी परीक्षण भएको छ। यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ७४, कर्णाली प्रदेशमा ६ हजार ३ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।

यसैगरी १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेश नम्बर १ मा १ हजार २ सय ३८, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३, बागमती प्रदेशमा १ सय १० र गण्डकी प्रदेशमा २ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ४२, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय २४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकाटाले बताए। यसैगरी काठमाडौंमा ३ र बाहिर १ सय ६१ गरी १ सय ६४ जना आइसोलेसनमा उपचाररत रहेको उनले बताए। 

प्रकाशित: २८ वैशाख २०७७ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App