५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

खाली ट्रक जाँच गर्दा भेटियो १ करोड ९ लाख भारतीय रुपैयाँ, दुई जना पक्राउ

मोरङ  -  अवैध रूपमा नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। विराटनगरको एकीकृत जाँच चौकीमा गाडी चेक गर्ने क्रममा प्रहरीले भारतीय रुपैयाँ बरामद गरेको हो। 

भारतबाट नेपाल आएको खाली ट्रकलाई मंगलबार एकीकृत जाँच चौकीमा सशस्त्र प्रहरी बलले जाँच गर्ने क्रममा १ करोड ९ लाख ८९ हजार ५ सय ३० भारतीय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

‘प्रहरीले एकीकृत जाँच चौकीमा ट्रक जाँच गर्ने क्रममा ठूलो परिमाणको भारतीय रुपैयाँ बरमाद गरेको हो,’ सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी नगेन्द्र थापाले भने, ‘रुपैयाँसँग ट्रक चालकसहित २ जना मान्छे पक्राउ परेको र कहाँबाट ल्याएको कसका लागि ल्याइएको अहिले थाहा छैन। घटनाको थप अनुसन्धानपछि मात्र भन्न सकिन्छ।’    

भारतीय डब्ल्युबी ७३ इ ७६३५ नम्बरको ट्रकमा नेपाल खाली आएको थियो। त्यसलाई चेक गर्ने क्रममा बोरालाई बाहिरबाट कार्टुनले प्याक गरेर लुकाएर ल्याउँदै गर्दा २१ हजार ९ सय ५५ थान ५ सय दरको र अन्य खुद्रा भारतीय रुपैयाँ प्रहरीले फेला परेको जनाएको छ। 

भारत दार्जिलिङको सिलिगुढी गंगानगर–५ का २४ वर्षीय रविकुमार शर्मा चालक र भारत विहार मजहपुर रोउतिमयर–१२ का १८ वर्षीय पप्पु कुमारलाई प्रहरीले अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार भारतको सुपौलबाट ट्रक नेपाल ‘पेम्पस’ लिन आएकोसम्म खुलेको र रकम कसको हो भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट नखुलेको बताइएको छ।

प्रकाशित: २३ वैशाख २०७७ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App