६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउनको ४३ औं दिन : जनजीवन प्रभावित

काठमाडौं- कोरोना भाइरस (काभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४३ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४३ दिनसम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ ।

मंगलबार काठमाडौं उपत्यकाका केही भागमा पुग्दा लकडाउनको पूर्ण पालना भएको देखिएन । एयरपोर्ट, कोटेस्वर, तिनकुने, बानेस्वर, माइतिघर लगायतका ठाउँमा प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको देखियो । तर सडकमा अत्यावश्यक सवारी साधन, कर्मचारीका सवारी साधन, ढुवानीका सवारी साधनको चाप बढेको देखिन्छ । अत्यावश्यक र पासबाहक सवारी सवारी साधनको भिड बढ्दै गएको छ ।

प्रहरीले चेकजाँचलाई कडाई गरेसँगै सवारी साधनहरुको लामो लाइन देख्न सकिन्छ । अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै उपत्यकाका भित्रि सडकहरुमा पनि केही पसलहरु खुलेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर दैनिक उपभोग्य सामग्रीहरु किनमेल गरेको देखिन्छ ।

सरकारले यही वैशाख २५ गते बिहीबारसम्म लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्ने र लकडाउन लम्ब्याउने या स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गरी सरकारलाई सुझाव दिने बुझिएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ८२ पुगेको छ ।

यस्तै १६ जना निको भइसकेका छन् । अहिले सम्म पीसीआर प्रविधिबाट १३ हजार ६ सय ४७ परीक्षण गरिएको छ भने ५० हजार ८ सय ४५ आरडिटी परीक्षण गरिएको छ । देशभर २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा रहेका छन् भने १ सय ६ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २३ वैशाख २०७७ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App