२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

करेन्ट लागेर मृत्यु

रसुवा, – करेन्ट लागेर नौकुण्डमा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको नौकुण्ड गाउँपालिका–५, भोर्लेका २६ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।

आफ्नै घरको चिम फेर्ने क्रममा आइतबार करेन्ट लागेर उनी घाइते भएका थिए । उनलाईलाई एम्बुलेन्समार्फत नुवाकोटको त्रिशूली अस्पताल पु-याइएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

प्रकाशित: २३ वैशाख २०७७ ०३:०३ मंगलबार

करेन्ट मृत्यु