१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

शर्मालाई बलाध्यक्षको जिम्मेवारी

काठमाडौं, - सरकारले नेपाली सेनाका राम शर्मालाई बलाध्यक्ष (रथी)मा बढुवा गरेको छ । वैशाख १४ को मन्त्रिपरिषद् निर्णयबाट रथीमा बढुवा भएका शर्मालाई आइतबार जंगी अड्डामा आयोजित कार्यक्रमबिच प्रधानसेनापति पूर्णचन्द्र थापाले रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । 

त्यसलगत्तै उनलाई नयाँ जिम्मेवारी सुम्पिएको हो । हालका बलाध्यक्ष गौरव तन्तु अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा उनलाई जिम्मेवारी दिइएको हो । उनलाई हालका प्रधान सेनापति पूर्णचन्द्र थापाको कार्यकाल सकिएपछिका प्रधान सेनापतिको प्रतिस्पर्धीका रूपमा पनि हेरिएको छ । 

त्यस्तै, वैशाख १४ कै मन्त्रिपरिषद् निर्णयबाट उपरथीमा पदोन्नति भएका आनन्दकुमार अधिकारी र सञ्जय थापालाई पनि प्रधानसेनापति थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।  उपरथी अधिकारीलाई उपत्यका पृतना हेडक्वाटरको पृतनापति र उपरथी थापालाई मध्य पश्चिम पृतना हेडक्वाटरको  पृतनापतिको जिम्मेवारी दिइएको छ ।

प्रकाशित: २२ वैशाख २०७७ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App