७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ग्यास सिलिन्डर पड्कदा तीनतले घर जलेर खरानी

डोल्पा- डोल्पामा आगलागी हुँदा एक घर पूर्ण रुपमा जलेको छ । जगदुल्ला गाउँपालिका ६ को झयाँकोटमा ग्यास लिक भएर आगालगी भएको हो । 

जगदुल्ला गाउँपालिका(६ का मनलाल ऐडिको घरमा प्रयोगमा राखिएको ग्यास लिक भइ आगलागी भएको र निभाउने क्रममा ग्यासको सिलिण्डर पड्केर पूरै घर जलेर खरानी भएको खगेन्द्र ऐडिले बताए ।

तीनतलाको घर पूर्णरुपमा जलेर खरानी भएको छ । घरमा भएको अन्न, खाद्यान्न, लत्ताकपडा र अन्य धनमाल पूरै नष्ट भए पनि मानवीय क्षति भने नभएको  गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए ।

स्थानीय, प्रहरी र जनप्रतिनिधिहरुको सक्रियतामा आगो नियन्त्रणमा लिएको प्रशासकीय अधिकृत केशबराज जैसिले बताए ।आगलागीबाट ३० लाखभन्दा धेरैको क्षति भएको बताइएको छ ।

प्रकाशित: २१ वैशाख २०७७ १५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App