१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

विष्फोटपछि जिल्ला प्रशासनको अपिल

जिल्ला प्रशासन कार्यालयले जारि गरेको अपिल ।

रोल्पा- गत बिहीबार त्रिबेणी गाउँपालिका ७ गैरिगाउँमा ४ जना बालबालिकाको मृत्यु हुने गरि बम विष्फोट भएपछि जिल्ला प्रशासन कार्यालय रोल्पाले एक अपिल जारि गरेको छ । उक्त घटनामा त्रिबेणी ७ गैरीगाउँका १४ वर्षिय नोखिराम डागी, ११ वर्षिया बिमला खत्री, ५ वर्षिय बिजय खत्री र त्रिबेणी ४ का १३ वर्षिय गौरब नेपालीको मृत्यु भएको थियो ।

विगतमा चलेको लामोे द्वन्द्वकालमा प्रयोग गरिएका विष्फोटक पदार्थ यस जिल्लामा समय समयमा भेटिने र विष्फोट भई सर्वसाधारणको जिउ ज्यानको जोखिम हुने तथा अन्य असर परेको देखिने भएकाले अपिल जारि गरिएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले हस्ताक्षर गरि जारि गरि अपिलमा जारि गरेका हुन ।

२०७६ आश्विन ११ गते परिवर्तन गा.पा. १, कुरेली भित्रीवन पुवाखोरेमा ठूलो मात्रामा विष्फोटक पदार्थ भेटिएकोमा उक्त सामाग्री विष्फोट गर्नुका साथै बाँकी प्रयोग सामाग्रीहरु जिल्लास्थित नेपाली सेनाबाट व्यवस्थापन गरिएको थियो । त्यस्तै त २०७६ फागुन २८ गते थबाङ गा.पा.३ मिरुल टुटुस्थित कुवारी सामुदायिक जंगलमा दुई बोरा विष्फोटक पदार्थ भेटिएकोमा उक्त सामाग्रीहरु व्यवस्थापन गरिएको थियो ।

विष्फोटक पदार्थ आमरुपमा भेटिइ जोखिम बढेको यस परिप्रेक्षमा आम सर्वसाधारणले बिगतमा भएको भिडन्त स्थल तथा वरपरका क्षेत्रमा त्यस्ता विष्फोटक पदार्थ रहेको भेटिए वा जानकारी प्राप्त भएमा जिल्लास्थित प्रशासन तथा सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको नाम र सम्पर्क फोन नम्बर दिएर जारि गरिएको अपिलमा बालबालिका, विद्यार्थी तथा आम सर्वसाधारणहरुलाई त्यस्ता शंकास्पद विष्फोटक पदार्थहरुका बारेमा सजग हुन जानकारी गराई सुसुचित गराई दिन समेत अनुरोध गरिएको छ ।

प्रकाशित: २१ वैशाख २०७७ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App