२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बन्दीपुरद्वारा बाँझो जग्गा सदुपयोग गरिँदै

तनहुँ - बन्दीपुर गाउँपालिकाले  बाँझो जग्गा भूमि बैँकमार्फत सदुपयोग गर्न लागेको छ। खेती गर्न नचाहने र बाँझो राख्ने व्यक्तिको जग्गा भूमि बैँकमार्फत गाउँपालिकामा ल्याई खेती गर्न चाहने व्यक्तिलाई उपलब्ध गराउन लागिएको छ। बाँझो जग्गा उपयोग गर्दै कृषिलाई आधुनिकीकरण गरी गाउँपालिकालाई अन्नबालीमा आत्मनिर्भर गराउने उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।

जग्गा बाँझो हुनबाट जोगाउन गाउँपालिकाका छ वटै वडामा परिपत्र गरी कार्यान्वयनका लागि पहल थालिएको बताइएको छ। ठाउँ र हावापानी सुहाउँदो किसिमको अन्नबाली, तरकारी र फलफूल खेती गर्न गाउँपालिकाले प्रोत्साहन गर्दैै आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिए। खेती बाली गर्न इच्छुक कृषकलाई जग्गा भाडामा उपलब्ध गराइने  निर्णय पनि भएको छ। रासस

प्रकाशित: २१ वैशाख २०७७ ०४:०१ आइतबार

भूमि_बैँक जग्गा सदुपयोग