४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

सिन्धुली- चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । यहाँको हरिहरपुरगढी गाँउपालिका वडा नम्बर २ श्रीपुर बस्ने रामजी राईको ३० वर्षिय छोरा पुरुषोतम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार उमा घलानले जानकारी दिइन् ।

उनका अनुसार सोही ठाँउमा रहेको आफ्नै पानी घट्टामा बुबालाई खाना पुर्‍याएर फर्कनेक्रममा चट्याङको तरङ लागि गम्भीर घाइते भएका राइलार्ई झनझनेस्थित स्थानीय पोलिक्लिनीकमा लैजादा स्वास्थ्यकर्मीले मृत घोषित गरेका हुन् । मृतक राईको शव सोही क्लिनीकमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १९ वैशाख २०७७ ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App