२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

२५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित

कपिलवस्तु- काेरोना भाइरसका कारण पूर्व निर्धारित २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित गरिएको छ । सोका लागि लुम्बिनीमा  गनै भनिएका सबै औपचारिक कार्यक्रम सबै रोकिएका हुन । कोषका कामु सदस्य सचिव ज्ञानि राईले बिज्ञप्ती निकाल्दै बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको जनाएका छन् ।

यस वर्ष २५ वैशाख दिन वैशाख शुक्ल पूर्णिमा तथा बैशाख २३ गते बौद्ध जयन्ती मनाअउने कार्यक्रम तय गरिएको थियो । लुम्बिनीस्थित विहार, मोनास्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा उक्त दिन बिहान पूजाआजा गरि मनाइने राईले बताए । सीमित व्यक्तिहरुका बीचमा यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी मनाइने छ ।  

यस दिन नेपाल सरकारबाट कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि जारी निर्देशनअनुसार सामाजिक दुरी कायम गर्दै बौद्ध भिक्षुरभिक्षुणी तथा लामा गुरुरगुरुमाहरूबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना र पूजा गरिनेछ । शान्तिका अनुयायी बुद्धको जन्मदिनमा जन्मस्थलमै पूजाआजा नगर्दा राम्रो सन्देश जाँदैन,’ कोष सदस्य राजेश ज्ञवालीले भने, ‘अदृश्य कोरोना भाइरसको आक्रान्त त्राहिमाम विश्व भाइरसबाट छिट्टो मुक्ती पाओस् भन्ने कामना गर्छौं ।’ भगवान गौतम बुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ ।

कोषले बौद्ध समुदायसहित सबैलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन आहृवान गरेको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई सफल बनाउने गरी तयारी थालेको थियो । यसका लागि मन्त्री योगेश भट्टराईको अध्यक्षमा आयोजक समिति र सचिवालयसमेत स्थापना गरी काम थालिएको थियो ।

 

 

प्रकाशित: १८ वैशाख २०७७ १५:४४ बिहीबार

बुद्ध_जयन्ती सम्मेलन_स्थगित