४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वृद्धभत्ता ठगी गरेको आरोपमा एक जना पक्राउ

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा एक वृद्धासँग वृद्धभत्ता रकम ठगेर लगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका–४ चनइ बस्ने ४५ वर्षीय अमिन मिया रहेका छन् । मियाले ३ दिनअघि शिवराज–६ सुगानगर की ७८ वर्षीया तिर्था यादवको १२ हजार वृद्धाभत्ताको रकम ठगेर लगेका थिए ।

चन्द्रौटामा रहेको देव विकास बैंंकबाट पैसा बुझेर गेटबाट निक्लिनेक्रममा ठगेका थिए । वृद्धभत्ता बुझेर बैकबाट तल झर्दै गर्दा मियाले यादवलाई भने पाँच पाँच सयका नोट मलाई दिनु म हजार हजारको नोट दिन्छु भन्दै पैसा लिएर फरार भएको तिर्थाले बताइन् । मियालाई पैसा चोरेको गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

मियालाई वडा प्रहरी कार्यालयमा राखिएको छ । उनीविरुद्ध कुनै निबेदन उजुरी नपरेको प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

प्रकाशित: १७ वैशाख २०७७ १६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App