२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लकडाउनमा पनि खोप सञ्चालन

काठमाडौं - काडमाडौंको पिङ्गलास्थानस्थित रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले लकडाउनको अवस्थामा पनि खोप तालिका अनुसारको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ। प्रत्येक बुधबारको दिन नियमित रुपमा लागाउँदै आएको खोप कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोकिएको थियो। 

तर अहिले स्वास्थ्य केन्द्रले सुरक्षाका प्रबन्धहरु मिलाएर नियमित खोपलाई फेरि निरन्तरता दिएको हो। स्वास्थ्य केन्द्रकी जनस्वास्थ्य निरिक्षक रञ्जना कुमारी साहले लकडाउनको समय र कोरोनाको संक्रमणको जोखिम भएको अवस्थामा संक्रमण नहोस भन्ने विषयलाई ध्यान दिदै खोप कार्यक्रम सञ्चालन गरिएको बताइन्। 

उनले संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरिएको र स्वास्थ्य उपकरण सामग्रीहरुको प्रयोगमा समेत सचेतना अपनाइएको जानकारी दिइन्। आज बुधबार मात्रै ३४ जना बालबालिकालाई खोप दिइएको उनको भनाइ छ।

राष्ट्रिय खोप तालिका अनुसार शिशु जन्मने वित्तीकै बिसिजी, ६ हप्ता र १० हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र पिसिभी, १४ हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र आइपिभीको खोप लगाउनु पर्छ। यस्तै बच्चा जन्मेको ९ महिनामा पिसिभी, दादुरा रुबेला, १२ महिनामा जापनिज इन्सेफलाइटीस र १५ महिनामा दादुरा रुबेलाको खोप लगाउनुपर्ने खोप तालिका रहेको छ।

प्रकाशित: १० वैशाख २०७७ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App