७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

असहायलाई खाद्यान्न सहयोग

रौतहट - रौतहटका एक समाजसेवीले लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा असहायलाई खोजी खोजी खाद्यान्न राहत सहयोग गरेका छन्। विपद्को समयमा अत्यन्तै समस्यामा परेका सयौँ परिवारलाई रौतहटको गरुडा नपा ४ का समाजसेवी कन्थमनिप्रसाद जयसवालले आफ्नो निजी लगानीमा लाखौँको खाद्यान्न सहयोग गरेका हुन्।

समाजसेवी जयसवालले गरुडा नपाको वडा नम्बर २ का ३८, वडा नम्बर ३ का २७, वडा नम्बर ४ का ७१, गढीमाई नपाको वडा नम्बर ३ का ४६, वडा नम्बर ४ का ४४, वडा नम्बर ९ का ११ तथा चन्द्रपुर नपाको वडा नम्बर १० का ५३ घरपरिवारलाई समाजसेवी जयसवालले आफ्नो निजी लगानीमा राहत वितरण गरेका हुन्।

जयसवालले प्रति परिवार दश किलो चामल, तीन किलो आलु, एक किलो दाल, एक किलो प्याज, एक किलो नुन, एक थान नुहाउने साबुन र एउटा माक्स सहयोग गरेका हुन्। एक परिवारमा राहत दिँदा करिब एक हजार एक सय रुपैया खर्च हुने गरेको जयसवालको भनाइ छ।

विपद्मा परेकालाई आफूले आफ्नो निजी लगानीमा सहयोग गरिरहेको बताउँदै संकटमा परेका मानवलाई सहयोग गर्नु सबैको धर्म भएको बताएका छन्। आफ्ना मानिसमार्फत समस्यामा परेका असहाय मानिसको खोजी गरी सामान्य राहत वितरण गर्ने कार्यक्रमलाई अझै नरोकेको बताएका छन्।

रौतहट उद्योग वाणिज्य संघको पूर्व अध्यक्षसमेत रहेका समाजसेवी जयसवालले अहिलेसम्म २९० घरपरिवारलाई राहत वितरण गरिसकेका छन्। 

यसै बीच रौतहटको गरुडा ५ शिवनगरमा आनन्द एक्युपन्चर पोलिक्लिनिक संचालन गरेका डा. उमेशकुमार जयसवालले गरुडा २ गेडहीगुठीका ७० परिवारलाई प्रति परिवार दश किलो चामल, दुई किलो आलु र एक किलो नुन सहयोग गरेका छन्।

प्रकाशित: ८ वैशाख २०७७ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App