१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना कहर : रोल्पा सिमेन्टले दियो ३ हजार ५ सय मास्क

प्रमुख जिल्ला अधिकारीलाई मास्क हस्तान्तरण गर्दै । तस्बिर: दिनेश/नागरिक

रोल्पा- रोल्पा सिमेन्ट प्रालिले जिल्ला प्रशासन कार्यालय रोल्पालाई ३ हजार ५ सय थान मास्क दिएको छ । आईतबार रोल्पा सिमेन्टका प्रशासन प्रमुख टेकबहादुर गुरुङले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई मास्क हस्तान्तरण गरेका हुन । कोरोना नियन्त्रण र रोकथामका लागि प्रयोग गर्न सहज हुने भन्दै मास्क उपलब्ध गराइएको हो ।

आफूले प्राप्त गरेका मास्क १० स्थानीय तहलाई २ सयवटाका दरले दिइने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । त्यस्तै कारागारमा १ सय, जिल्ला प्रहरी कार्यालयलाई २ सय, प्रदेश सांसद दिपेन्द्र पुनलाई ५ सय र सशस्त्र प्रहरीलाई ५० थान दिइने छ । बाँकी स्टक रहेको मास्क आवश्यकताका आधारमा दिँदै जाने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

यसअघि उर्जा मन्त्री बर्षमान पुनले दुई पटक पीपीई, मास्क लगायतका सामाग्री जिल्ला प्रसाशन कार्यालय मार्फत रोल्पा पठाएका थिए भने प्रदेश सरकार र रोल्पा नगरपालिका लगायतका स्थानीय तहले पनि बिभिन्न समयमा रोल्पा लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

 

 

प्रकाशित: ७ वैशाख २०७७ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App