९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लकडाउन पीडित सर्वसाधारण बटुवालाई निःशुल्क खाना

भक्तपुर- सिपाडोल क्षेत्र परोपकार समाज सूर्यविनायक नगरपालिका-८ सिपाडोल भक्तपुरले शनिबारदेखि अरनिको राजमार्ग अन्र्तगत भक्तपुरको जगाती क्षेत्रमा मेस राखेर सर्वसाधारण बटुवालाई निःशुल्क खाना खुवाउन सुरु गरेको छ।

महानगरीय प्रहरी बृत जगातीका सवारी चेकजाँंच क्षेत्रमा अस्थायी टेण्ट बनाई दाल, भात, तरकारी र अचारसहितको साधारण खाना खुवाउन सुरु गरेको हो। पहिलो पटक शनिबार विहान एक सय भन्दा बढी सर्वसाधारणले निःशुल्क खाना सुविधा पाएको जनाइएको छ।

समाजका संरक्षक बालकृष्ण सापकोटाले राजमार्ग खण्ड भएर हिडेर आएका लकडाउन पीडित सर्वसाधारणको सुविधाको लागि निःशुल्क खाना खुवाउन सुरु गरेको जनाए। उनका अनुसार असार १० गतेसम्म निरन्तर खाना खुवाउने योजना छ। विहान र बेलुकी दैनिक दुई छाक खाना खुवाउने योजना रहेको उनले सुनाए। राजमार्गबाट हिडेर आउने लकडाउन पीडित सर्वसाधारणलाई केन्द्र बनाएर खाना खुवाउन थालेको उनले बताए।

समाजले प्रत्येक वर्ष देउसीभैलो खेलेर जम्मा पारेको पैसाको कोषबाट खाना खुवाउन थालेको उनले जनाए। अहिलेसम्म यो कार्यको लागि कसैसँंग सहयोगको आह्वान नगरेको भए पनि सहयोग गर्नेहरुले स्वतस्फुर्ट सहयोग गरिरहेको उनले जनाए। उनका अनुसार हालसम्म कसैले जारको पानी, कसैले एक लिटरको खानेपानी त कसैले तरकारी दिएर सहयोग गरेका छन्।  

खाना खुवाउने ठाउँं राजमार्गमै रहेको छ। त्यहाँं बोर्ड पनि राखिएको छ। साथै अस्थायी रुपमा हात धुन ट्यांकी पनि राखिएको छ। साथसाथै त्यहाँं अस्थायी टेन्ट पनि बनाइएको छ। त्यहाँं खाना खाने मानिस भने प्रत्येक पटक फरकफरक हुनेछन्। किनकि त्यो राजमार्ग भएर हिडेर आउने सर्वसाधारणलाई केन्द्र बनाएर राखिएको छ। खाना राजमार्ग छेउमै टेण्ट बनाएर पकाइएको छ।

प्रकाशित: ६ वैशाख २०७७ १०:०९ शनिबार

लकडाउन पीडित बटुवा