२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

क्वारेन्टाइनलाई महिलामैत्री बनाउन 'मर्यादा किट'

कपिलवस्तु- कोभिड-१९ (कोरोना भाइरस)को संक्रमणको यकिन गर्न जिल्लाका पालिकाले संचालन गरेको क्वारेनटाइनमा रहेका १९ जना महिलालाई मर्यादा किट वितरण गरिएको छ । क्वारेन्टाइनमा भएका महिलालाई सहजता र सरसफाईमा प्रयाप्त ध्यान दिन सो प्रदान गरिएको हो । युएनएफपिएको आर्थिक सहयोग जिल्ला समन्वय समिति कपिलवस्तु तथा सिद्धार्थ सामाजिक विकास केन्दका समन्वयमा किट वितरण गरिएको जनाइएको हो ।

मर्यादा किटमा महिलाहरुको आवश्यक सामग्री साडी, ब्लाउज, पेटीकोट, सेनेटरी प्याड, नुहाउने साबुन, टुथपेस्ट, ब्रस, काइयो, टर्च, लुगाधुने सरफलगायतका सामग्रीहरुसहित झोला दिइएको युएनएफपिएका जिल्ला संयोजक चित्र महतोले बताए ।  बिजयनगर गाउँपालिकामा रहेको क्वारेन्टाइनका १६ जना, महाराजगंज नगरपालिकाकी १, कपिलवस्तु नगरपालिकाकी १ र शुद्धोधन गाँउपालिकाको क्वारेन्टाइनमा रहेकी १ गरि कुल १९ महिलालाई सो बाडिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका तर्फबाट किट वितरण कार्यक्रमका संयोजक जियाउलव हकले बताए ।

क्वारेन्टाइनलाई महिलामैत्री बनाउन र महिलाहरुको आत्मबल बृद्धि गर्न मर्यादा किट वितरण कार्यले सहयोग पुर्‍याएको जिल्ला समन्वय समिति कपिलवस्तुका निमित्त जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलले बताए । कपिलवस्तु जिल्लाका अन्य पालिकाहरुको क्वारेन्टाइनमा रहेका महिला तथा किशोरीहरुलाई समेत मर्यादा किट वितरण गर्ने योजना रहेको जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले बताए ।

 

प्रकाशित: ५ वैशाख २०७७ १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App