२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

आरडीटी पोजेटिभ, पिसिआर रिपोर्ट नेगेटिभ

लहान  - भारतको नयाँ दिल्ली स्थित मर्कज(धार्मिक भेला)बाट फर्केका दुई जना जमातीको -यापिड डायग्नोष्टिक टेष्ट(आरडीटी) परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपनि पिसिआर परीक्षण रिपोर्ट  नेगेटिभ आएको छ।

मंगलबार राति दुबै जना जमातीको थ्रोट स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। बुद्यबार उनीहरुको परीक्षण रिपोर्ट नेगेटिभ आएको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजबिराजका प्रमुख डाक्टर चुमनलाल दाशले बताए।

दुई जना जमातीको आरडीटी रिपोर्ट पोजेटिभ र पाँच जनाको नेटेटिभ आएपछि सात जनाकै थ्रोट स्वाब परीक्षणका लागि धरान पाठाएकोमा सातै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको डाक्टर दाशले बताए। ‘

मंगलबार राति आरटीडी रिपोर्टमा कोरनो पोजिटिभ आएका दुई जना जमातीलाई गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा राखिएको थियो।

अहिलेसम्म उनीहरुमा कोरोना संक्रमणको लक्षण देखिएको छैन डाक्टर दाशले नागरिकसँग भने,‘उनीहरुलाई आइसोलेसनबट निकालेर निगरानीमा राख्न क्वारेन्टाइन गरिने छ।  उनीहरुको परिवारलाई पनि घरमै क्वारेन्टाइन गरी कन्ट्याक्टर ट्रेसिङ भैरहेको छ।

प्रकाशित: ३ वैशाख २०७७ ११:४४ बुधबार

आरडीटी काेराेना नेगेटिभ