५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना रोकथामको जिम्मेवारी निजी अस्पताललाई पनि दिइने

जनकपुरधाम - प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रण र उपचारकालािग निजी अस्पतालको व्यवस्थापनतर्पm जोड दिएको छ। कोरोनाको उपचराकालागि सरकारी अस्पतालमा मात्र निर्भर रहेको प्रदेश सरकार निजी अस्प्ताललाई समेत प्राथमिकतामा राखि निजी अस्प्ताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई पिपिई लगयात आवश्यक उपकरण उपलब्ध गराउने भएको छ।

सोमवार समाजिक विकास मन्त्रालयले आयोजना गरेको बैठकमा नीजी स्वास्थ्य संस्थालाई अन्य रोगको उपचार गर्न र साधारण चेकजाँचलाई समेत उच्च प्राथमिकतामा राख्न सिफारिस गरिएको हो। कोरोनाको रोकथाम र उपचारका लागि प्रदेश सरकारले नीजि अस्पतालसँग समझदारी निर्माण गर्ने र उक्त पत्रको खाका तयार गरी सोही बमोजिम जिम्मेवारी दिन सिफारिस गर्ने निर्णय गरेको समाजिक विकासमन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए। 

स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालय, समाजिक विकासमन्त्रालयका अधिकारी र अस्पतालका प्रतिनिधीसमेत बीच भएको छलफलपछि कोरोना संक्रमण सम्बद्ध उपचार जोखिम पुर्ण रहेको भन्दै यसलाई समग्र स्वास्थ्यकर्मीले विशेष सर्तकता अपनाउनुपर्ने मध्यनजर गरी निजी क्षेत्रका अस्प्ताललाई पिपिइ लगायतका आवश्यक उपकरण उपलब्ध गराउन निर्णय गरिएको हो। 

‘कोरोनाको उपचारमा संलग्न तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, विमा सुविधा र राहत उपलब्ध गराउन सिफारिस गरिएको छ,’ सचिव घिमिरेले भने। यस्तै प्रदेश २ लाई कोरोना रोकथाम र उपचारकालागि तीन समुहमा विभाजन गरिएको छ। बारा, पर्सा, रौतहटलाई पहिलो, सर्लाही, महोत्तरी र धनुषा दोस्रो र बाँकी रहेका सिरहा र सप्तरीलाई अर्को समुहमा राख्ने तय गरिएको छ। कल्स्टर विभाजन गरी हरेक कल्सटरमा एउटा क्लीनकल टास्क फोर्स निर्माण गरेर रोकथाम प्रभावकारी बनाउने निर्णय भएको सचिव घिमिरेले बताए।

उनका अनुसार बैठकमा नरायणी अस्पताललाई तत्कालकालािग कोरोना अस्पतालको रुपमा डेजिनेटेड गर्ने र नरायणी अस्पतलाले प्रदान गर्दै आएको सेवासुविधा वीरगंंजमै रहेका नेशनल मेडिकल कलेजले सोही शुल्कमा सेवा प्रदान गर्ने निर्णय भएको छ। यस्तै पर्सामा फेला परेका तीन जना कोरोना संक्रमितको कन्टयक्ट ट्रेसिंग गरि ९४ जनालाई  क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए। समाजिक विकास मन्त्रालयका सचिव घिमिरेका अनुसार वीरगंजस्थित नरायणी अस्प्तालमा उच्च क्षमताको पिसिआर मेसिन छिटै जडान गरिने भएको छ। यसकालागि आवश्यक सम्पुर्ण प्रक्रिया थालिएको उनले बताए।

 

प्रकाशित: २ वैशाख २०७७ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App