५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

लकडाउनका कारण ८ विदेशी नागरिक ताप्लेजुङमै अड्किए

ताप्लेजुङ- भ्रमण तथा अवलोकनका लागि ताप्लेजुङमा आएका मध्ये  ८ जना विदेशी नागरिक लकडाउनका कारण गन्तब्यमा जान नसकेको पाइएको छ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका यहाँ अब अनुसार ५ जापानिज तथा १–१ जना जर्मनी,अष्टे«लियन र फिलिफिनि नागरिक रहेका छन्। स्थानीय प्रशासनले निश्चित अवधि दिएर अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई तत्काल प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको थियो।

सो बेला सम्पर्कमा राख्न आएका ८ विदेशी नागरिकलाई प्रशासनले हवाई तथा स्थलमार्गमार्फत राजधानी काठमाडौ पठाएको थियो। उक्त समयावधि भन्दापछि आएका विदेशी नागरिक यहाँ रहेको प्रजिअ निरौलाले बताए।

प्रकाशित: २८ चैत्र २०७६ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App