२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

दैनिक उपभोग्य बस्तुका पसल खोल्ने नगरपालिकाको निर्णय

डोल्पा- लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन यहाँको एक नगरपालिकाले सातामा एक दिन किराना पसलहरु खुला गर्ने निर्णय गरेको छ। लकडाउनको १७ औ दिन पुग्दा हिमाली जिल्ला डोल्पामा दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन थालेपछि दैनिक उपभोग्य बस्तुहरुका पसलहरु खुला गर्ने निर्णय त्रिपुरासुन्दरी नगरपालिकाले गरेको हो।

लामो समयसम्म लकडाउन हुँदा ग्यास तेल नून चामल चिनी दाल लगायतका उपभोग्य बस्तुको अभाव हुन गई दैनिक गुजारामा समस्या आउन थालेपछि सातामा एक पटक विहानको समयमा पसलहरु खुला गर्ने निर्णय गरिएको नगरका कार्यकारी प्रमुख प्रितिभक्त गिरीले जानकारी दिए। त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज सुशिल रावतले मानिसहरुको भिडभाड नहुने गरि आलोपालो गरि दैनिक उपभोग्य बस्तु किनमेल गर्न नगरले निर्णय गरेकाले कडा सुरक्षा ब्यवस्थासहित नागरिकलाई विहानको समयमा पसलमा सामान किन्न सहजीकरण गरिएको बताए।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नागरिकलाई खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन उद्योग बार्णिज्य संघ डोल्पाको संयोजनमा निश्चित पसलहरु खुला गर्ने र एक मिटरको दुरीको फरकमा रहेर किनमेल गर्ने व्यवस्था मिलाइएको बताए। नेपाल सरकारको खाद्य कम्पनी लिमिटेड दुनैमा ३ हजार क्वीन्टल चामल मौज्दात रहेको र ग्यास अभाव भएपनि सडक मार्गबाट केहि दिनअघि मात्र दुनैमा पुर्‍याइएको प्रजिअ सुनारले बताए।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा खाद्यन्नको अभाव भएको खवर आएकाले प्रदेश सांसद बीरबहादुर शाहीको पहलमा सडक मार्गबाट १८ सय क्वीन्टल चामल ल्याउने काम भइरहेको पनि प्रजिअ सुनारले जानकारी दिए।

 

प्रकाशित: २७ चैत्र २०७६ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App