६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषध ब्राउनसुगरसहित २ युवा पक्राउ

उदयपुर- आफ्नै सुरक्षाका लागि घरमै बस्न सरकारले जारी गरेको लकडाउनका बेला पनि प्रहरीको आँखा छलेर रातारात जंगलको बाटो गरेर लागुऔषध ओसारपसार तथा कारोबार गर्ने क्रम उदयपुरमा रोकिएको छैन। लकडाउन सुरु भएको १६औं दिनभित्र तेस्रोपटक लागुऔषधसहित युवाहरु पक्राउ पर्नुले यो कुराको पुष्टि गरेको छ।

उदयपुर प्रहरीले बुधबार राति मात्र प्रतिबन्धित ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बुधबार राति १० बजेर ३० मिनेटमा त्रियुगा नगरपालिका ३ मोतिगडाबाट ब्राउनसुगरसहित दुई युवा पक्राउ परेका हुन्।

रातिको समयमा बरालिदै गरेका युवाहरुलाई गस्तीमा रहेको जिल्ला प्रहरीको टोलीले शंका लागी शरीर खानतलासी लिँदा त्रियुगा ३ मोतिगडाका ३० वर्षीय रत्नमणि भन्ने रोहित चौधरी र सोही ठाउँका ३४ वर्षीय विसन राई पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार उनीहरुको साथबाट अन्दाजी ५ ग्राम ब्राउनसुगर बरामद भएको छ।

दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको एसपी मगरले बताएका छन्। लकडाउन सुरुभएयता यसअघि प्रहरीले दुईपटक लागुऔषधसहित युवाहरु पक्राउ गरिसकेको छ।

कोही सामान्य हिँडडुल गर्दैगर्दा, कोही घाँसभित्र लुकाएर र कोही रातारात लागुऔषध कारोबार र प्रयोग गरिरहेको अवस्थामा पक्राउ परिरहेको प्रहरीले जनाएको छ। घरबाहिर ननिस्की सुरक्षित ‘होम क्वारेन्टाइन’मा बस्न आग्रह गर्दै सरकारले लागू गरेको लडकडाउनले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई कुनै असर नगरेको कुरा यस्ता घटनाले पुष्टि गरिरहेको प्रहरी ठहर छ।

 

प्रकाशित: २७ चैत्र २०७६ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App