१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आफूखुसी राहत वितरण नगर्न तनहुँ प्रशासनको आग्रह

तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँले आफूखुसी राहत संकलन र वितरण नगर्न आग्रह गरेको छ।  प्रशासन कार्यालय तनहुँले आफूखुसी राहत संकलन र वितरण गर्नेलाई कारवाही गर्ने समेत जनाएको छ। विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनको अवधिमा केही व्यक्ति तथा सङ्घसंस्थाले आफूखुसी राहत वितरण गर्न थालेको भन्दै प्रशासनले त्यस्तो नगर्न अनुरोध गरेको हो।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘लकडाउनको अवधिमा ज्याला मजदुरी गरी खाने अति विपन्न तथा सिमान्तकृत र अप्ठ्यारोमा परेका वर्गलाई जिल्लास्थित व्यक्ति, संस्थाले राहत वितरण गर्ने वहानामा आफूखुसी राहत संकलन तथा  वितरण गर्ने कार्य बुझिन आएको र त्यस्तो कार्य सरकारको नीति विपरित हो।’ सूचनामा भनिएको छ।

राहत वितरण कार्य सम्बन्धित स्थानीय तहको समन्वयमा मात्र गर्न सचेत गराइएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। ‘कतिपय उद्योग व्यवसायीबाट अत्यावश्यक वस्तुको मूल्य वृद्धि गरेको, उपभोक्तासँग बढी रकम असुल गरी कालोबजारी गरिएको भन्ने बुझिन आएकाले त्यस्ता कार्य नगर्न नगराउन हामीले सचेत गराएका हौँ,’ उनले भने। अत्यावश्यक वस्तुहरुको मुल्य वृद्धि गरिएको, उपभोक्तासंग बढी रकम असुली गरि कालोबजारी गरिएको विषय थाहा पाइएमा तत्काल कारवाही गरिने समेत सूचनामा उल्लेख छ।

 

 

 

प्रकाशित: २६ चैत्र २०७६ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App