६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

इन्द्रावतीमा ५० लाख रुपैयाँको कोष

सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध जुध्न ५० लाख रुपैयाँको गाउँपालिका स्तरीय कोष स्थापना गरेको छ।

कोरोनाको सम्भावित संक्रमण फैलिन नदिन पूर्वतयारीका काम गर्ने गरी कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले बताए। गाउँपालिकाले यसलाई कोरोना रोकथाम कोष नाम दिएको छ। अध्यक्ष तामाङका अनुसार संघीय, प्रदेश सरकार र गाउँपालिका र अन्य निकायबाट स्रोत जुटाएर कोष स्थापना गरिएको हो।

‘कोषको रकम औषधि, स्वास्थ्य सामग्री, सुरक्षाका सामान खरिद र अन्य आकस्मिक कार्यमा खर्च गरिने छ,’ उनले भने। गाउँपालिकाले पहिलो चरणमा स्थानीय स्वास्थ्य संस्थामा पीपीई, मास्क, सेनिटाइजर लगायत सामग्री वितरण गरिसकेको छ। त्यस्तै स्थानीयलाई समेत स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको जनाएको छ।

गाउँपालिकाले गाउँ–गाउँमा चिकित्सकसहितको टोली खटाएर स्थानीयको स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ। कोरोनाको लक्षणसँग मिल्ने मौसमी रुघाखोकी र ज्वरो देखिने मौसम भएकाले के को संक्रमण हो भनेर पत्ता लगाउन स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए। नवलपुर प्राथमिक अस्पतालका डा. धर्मेन्द्र झा नेतृत्वको टोली सातादेखि गाउँ–गाउँमा स्वास्थ्य परीक्षणमा खटिइरहेको छ।

बालबालिका, वृद्धवृद्धा र बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई प्राथमिकतामा राखेर स्वास्थ्य परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा विदेशबाट फर्कँनेको संख्या २४ रहेको छ। सम्भावित कोरोना संक्रमितको उपचार गर्न गाउँपालिकामै ६ शैयाको आइसोलेसन वार्डसमेत स्थापना गरिएको तामाङले जानकारी दिए।

प्रकाशित: २३ चैत्र २०७६ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App