१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

प्रधानमन्त्री अध्यक्ष रहेको कोषमा फेकोफन ताप्लेजुङको ५० हजार सहयोग

प्रधानमन्त्री अध्यक्ष रहेको कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक हस्तान्तरण गरिदैं । तस्बिर : खगेन्द्र

ताप्लेजुङ- सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन)ताप्लेजुङले प्रधानमन्त्री अध्यक्ष रहेको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ। महासंघले आइतबार यहाँका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई उपचार कोषमा जम्मा हुनेगरी ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझाले केन्द्रीय सरकारको मातहतमा रहेको कोषमा कोरोना भाइरस रोकथाम नियन्त्रण कार्यका लागि आफूहरुको पनि सहयोग रहेको बताए। स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा कोषमार्फत सहयोग गर्ने अभियान ल्याईरहेको अवस्थामा आफूहरुले केन्द्रीय सरकार मातहत रहेको कोषमा सहयोग गर्ने निर्णय गरे अनुसार सहयोग रकम हस्तान्तरण गरेको ओझाले जाकारी दिए।

प्रजिअ निरौलाले कोषमा सहयोग गरेकोमा सामुदायिक वन उपभोक्ता महासंघप्रति आभार प्रकट गरेका छन्। कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय बाणिज्य बैंकको खाता नं १९६०००००११०१ मार्फत रकम जम्मा गर्न सकिने प्रजिअ निरौलाले जानकारी दिए।

 

 

प्रकाशित: २३ चैत्र २०७६ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App