१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक

 मनाङ - यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।

उनका अनुसार  ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन,  इजरायल लगायतका युरोपियन देशका रहेका छन्। माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ । आफ्नो देशमा भन्दा कोभिड–१९को जोखिम  नेपालमा कम भएकाले  ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ।

नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन सकेको छैन। तिलिचो वेसक्याम्पतिर  कति विदेशी नागरिक रहेका छन् भन्ने एकिन नभएको प्रजिअ पौडेलले बताए। ‘विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताए, त्यसैले हामी स्वदेश फर्किदैनौँ, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौँ भन्ने गर्छन,’ उनले भने।

सो भाइरसको जोखिम नेपालमा  कम रहेको र यहाँ सङ्क्रमण फैलिन समेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ। हामी नेपालमा सुरक्षित छौँ। उनले भने। रासस

प्रकाशित: २३ चैत्र २०७६ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App