काठमाण्डौ – लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं भन्ने घोषणा गरेर शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सर्वसाधारणलाई सहयोग गरेका छन्।आर्थिक अभाव भई खाद्यान्न खरिद गर्न नसकेका एक परिवारलाई उनले खाद्यान्न सहयोग गरेका हुन्।
केही दिनअघि ‘काठमाण्डौमा कोही समस्यामा पर्नुभयो भने फोन गर्नुस्’ भनेर मन्त्रीले आफ्नो नम्वर सार्वजनिक गरेका थिए। उक्त नम्वरमा फोन आएको केही समयपछि खाद्यान्न अभाव भएर बसेका एक परिवारलाई सहयोग सामाग्री बोकेर मन्त्री मानन्धर सहयोग गर्न पुगेका थिए।
उनले पर्सा जिल्ला घरभइ काठमाण्डौ चन्द्रागिरि नगरपालिका (१३ मा डेरा गरि बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन्। दुई दिन देखि खाद्यान्न अभाव भएर समस्यामा परेको परिवारलाई सहयोग गर्न उनी खाद्यान्न लिएर भेट्न पुगेका हुन्।
कामगरेको ठाउँमा साहुले निकाली दिएपछि खाने खर्च पनि नभएको गुनासो हुसेनले मन्त्रीलाई सुनाएका थिए। मन्त्री रासन लिएर डेरामा आइपुग्दा अल्लाह आएजस्तो भएको हुसेनले भावुक हुँदै सुनाए। लकडाउनको समयमा अप्ठ्यारोमा परेका परिवारलाई मन्त्री मानन्धरले आफ्नै पहलमा सहयोग गर्दै आइरहेका छन्। हुसेनको परिवार जस्तै लकडाउनका कारण विभिन्न ठाउँमा नागरिक हरु समस्यामा परेका छन्।
प्रकाशित: २२ चैत्र २०७६ १३:४१ शनिबार