१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपालीलाई नौतनवा र भारतीयलाई भैरहवा क्वारेन्टाइनमा राखिदैं

सीमामा अलपत्र नागरिकहरु

भैरहवा  - नेपाल भारत सीमा बेलहिया नाकामा अलपत्र परेका नेपाली र भारतीयलाई उद्वार गरिएको छ । नेपाल र भारत दुई देशका स्थानीय सुरक्षा निकायको छलफलले दुबै देशतर्फ अलपत्र परेका नागरिकलाई आआफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति अनुरुप उद्वार गरिएको हो।

शनिबारदेखि सीमामा अलपत्र परेका भारतको दिल्लीसहित विभिन्न शहरबाट आएका ३ सय बढि नेपालीहरुलाई भारतीय पक्षले नौतनवास्थित इन्टर कलेज क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ।
 
त्यस्तै नेपालबाट भारततर्फ जानका लागि बेलहिया पुगेका १ सय ५१ जना भारतिय मजदुरलाई भने नेपालले सिद्धार्थनगर–३स्थित प्रतिमान निमा मेमोरियल हेल्थ इन्ष्टिच्यूटको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए।

सीमामा अलपत्र परेका दुवै देशका नागरिकको सन्दर्भमा तत्कालका लागि आ–आफ्नै देशले व्यवस्थापन गरेपनि के कति दिन राख्ने भने टुगो छैन, जोखिमलाई न्यूनिकरण गर्दै के कसरी व्यवस्थापन गर्ने भन्नेबारे केन्द्रबाटै कुराकानी भइरहेको थापाले जानकारी दिए।
  
३ दिनदेखि सिमापारी सुनौलीमा र आजदेखि नोपलतर्फ बेलहियामा नागरिकहरु अलपत्र भई सास्ती खेप्दै आएपछि दुईदेशीय छलफलबाट सबैलाई उद्वार गरिएको छ। सबैको व्यक्तिगत विवरण लिइ स्वास्थ्य परिक्षण गर्दै क्वारेन्टाइनमा खाने बस्ने गरी व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्ग बहादुर खत्रीले जानकारी दिए।

कोभिड–१९ भाइरसका कारण जोखिम न्युनिकरणका लागि दुवै देश पूर्ण रुपमा बन्द गरिए पनि सीमानामा भारतबाट आएका ३ सय ५० बढि नेपाली अलपत्र परेका थिए। नेपाल फर्किने भनेर शनिबारबाट नाकामा जुट्दै गरेका ती नेपाली सिमामा पुगेपनि केन्द्रको निर्देशन पर्खिनु परेको कारण तत्कालका लागि अहिले आफै व्यवस्थापन गरिएको छ।

प्रकाशित: १९ चैत्र २०७६ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App