१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोरोना कहर, गड्डाचौकीबाट ५९ जनाको उद्दार

नेपाली सेनाले खुल्लामञ्चमा निर्माण गरेको क्वारेन्टाइन। नगेन्द्र उपाध्याय/नागरिक

र्खेत - नेपाल भारत सीमा कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका ५९ कर्णालीका नागरिकलाई प्रदेश सरकारले उद्दार गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारसँगको समन्वयमा नेपाल–भारत सीमामा अलपत्र परेका नागरिकको उद्दार गरिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

कञ्चनपुरबाट शनिबार राति उद्दार गरिएका उनीहरुलाई आइतबार विहान वीरेन्द्रनगर ल्याइएको थियो। उद्दार गरिएका नागरिकहरु अधिकाश कालिकोट र दैलेखका छन्। उनीहरुलाई नेपाली सेनाले निर्माण गरेको खुल्ला मञ्चको क्वारेन्टाइनमा राखिने छ। ‘अहिले अशोका होटलमा राखेर स्वास्थ्य जाँच गरिरहेका छौं,’ नेपाली सेनाको उत्तर–पश्चिम पृतनाका प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले भने, ‘त्यसपछि क्वारेन्टाइनमा ल्याएर राख्छौं।’

नेपाली सेनाले खुल्लामञ्चमा चार सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ। शनिबारदेखि काठमाडौं, भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न थालिएको छ। बाहिरबाट आएका नागरिकहरुलाई यहाँ कम्तिमा १४ दिन राखेर मात्रै घर पठाइने छ। शनिबारसम्म एक सय २५ जना क्वारेन्टाइनमा राखिएकोमा आइतबार ५९ जना थपिएका छन्।

प्रकाशित: १६ चैत्र २०७६ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App