४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट एकको मृत्यु

सर्लाही- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिकाको सुखेपोखरीमा ट्रकको ठक्करबाट शनिबार एक जनाको मृत्यु भएको छ।

ना. ६ ख ५६४५ नम्बरको ट्रकको ठक्करबाट हरिवन नगरपालिका–१० निवासी ५१ वर्षीय ज्ञानप्रसाद खनालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रकले हरिवन नगरपालिका–९, सुखेपोखरी पुलमा खनाललाई ठक्कर दिएको थियो।

ठक्कर दिने र चालकलाई ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको छ। मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ चैत्र २०७६ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App