७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आत्महत्या दुरुत्साहनमा तीनजना पक्राउ

भक्तपुर – आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धादिङ खानीखोला गाउँपालिका–१० घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली बस्दै आएकी ३६ वर्षीया अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई भक्तपुरको सोही ठाउँमा बस्दै आएकी ३४ वर्षीया सुनिता सुब्बा र वर्षीया एनिहा सुब्बालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीहरूमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरेको छ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ मनहरामा बस्दै आएकी खोटाङ दिक्तेल नगरपालिका–३ स्थायी घर भएकी ३५ वर्षीया बिमला राईलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानाएको छ। बिमलाकी १८ वर्षीय छोरा अनिष राईले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीहरूले बिमलालाई शारीरिक तथा मानसिक याताना दिएर आत्महत्या गर्न बाध्य पारेको अनिषको दाबी छ।

प्रकाशित: ७ चैत्र २०७६ ०५:२२ शुक्रबार

आत्महत्या_दुरुत्साहन पक्राउ