५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

महानगर र प्रभु बैंकबीच सम्झौता

काठमाडौं, – काठमाडौंको रत्नपार्क, जमल र तीनधारा पाठशाला अगाडी ट्राफिक आइल्याण्डको सौन्दर्यीकरण निर्माण गर्नका लागि काठमाडौं महानगरपालिका र प्रभु बैंकबीच सम्झौता भएको छ। मंगलबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यहाँका विभिन्न सार्वजनिक ठाउँ लिएर आफ्नो प्रचार गर्ने मात्र नभइ सौन्दर्यीकरणमा ध्यान दिनका लागि प्रभु बैंकको काम स्वागतयोग्य भएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए। यसलाई दिर्घकालीसम्म सञ्चालन उनले जोड दिए। महानगरले लिएको सुन्दर सरह बनाउने लक्ष्य पुरा गर्नका लागि बैंकले गरेको सहयोगका लागि उनले धन्यवाद समेत दिए।

सम्झौताअनुसार बैंकले महानगरपालिका–२८ मा पर्ने रत्नपार्क, वडा नम्बर २७ मा पर्ने जमलको आकाशे पुलमुनी र वडा नम्बर १ को तीनधारा संस्कृत पाठशालाको अगाडी ट्राफिक आइल्याण्डमा हरियाली बगैंचा निर्माण गरिने छ। मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माणसमेत गरिने बताइएको छ। ५ वर्षसम्म आइल्याण्डको व्यवस्थापन खर्च बैंकले उपलब्ध गराउने निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरचनले बताए। यसमा कुनै पनि विज्ञापन सामग्री नराखेर डिजिटल बोर्डमार्फत चेतनामुलक सन्देश दिइने बताइएको छ।

प्रकाशित: ५ चैत्र २०७६ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App